धनगढी / सुदूरपश्चिम प्रदेशको मुख्य शहरको रुपमा रहेको धनगढीमा सोमबार मात्र १८ जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा धनगढीका थप १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
यो संगै धनगढीमा मात्रै संक्रिया संक्रमित हुनेको संख्या ६ सय २ पुगेको छ ।
आज वडा नम्बर ६ का ९ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर ३ का २ जना र वडा नम्बर २ र ४ का एकएक जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो ।