धनगढी / सुदुरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका १ की ६३ बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
मृतक महिला असोज ७ गते अस्पताल भर्ना भएकी थिईन् उनमा १० गते कोरोना संक्रमण पुष्टी भएको थियो ।