
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै मुलुकभर कोरोना संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ४२ जनाले कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ उक्त मन्त्रालयले जनाएको छ ।
मुलुकभरमा संक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको भने पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ ।
थप ४ जनाको मृत्यु भए संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।