काठमाण्डौ / संघीय संसदमा रहेका सबै राजनैतिक दलका महिला संसदहरुको समुहले बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउनु पर्ने धारणा अघि सारेका छन् ।
नेपालको मुल कानून अर्थात संविधानमा फासि दिने व्यवस्था नरहेकोले संविधान नै संसोधन गरेर भए पनि बलात्कारीलाई फासि वा नपुंसक बनाउने कानून निर्माण गर्नु पर्ने माग अघि सारेका हुन् ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले १६ वर्ष मुनिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने गरी कानुन बनाउन सरकारलाई सिफारिस गर्ने प्रस्ताव गरिन् भने शान्ता चौधरीले नेपालको सन्दर्भमा मृत्युदण्ड दिने कि नपुंसक बनाउने भनेर छलफल गर्नुपर्ने बताइन् ।
सांसद शान्ति माया पाख्रिनले २१ वर्ष मुनिका महिलालाई बलात्कार गरे फाँसी हुने कानुन चाहिने बताइन् । सांसद बिमला राई पौड्यालले जनप्रतिनिधिले मिलापत्र गराउदा धेरै घटना बाहिर नआएको बताइन् ।