
डोटी / जिल्ला अस्पताल डोटीमा रहेको कोरोना प्रयोगशालामा भएको परीक्षणमा सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कुल ८३ जनाको कोरोना परीक्षण गरिएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । आईतबार कोरोना भाईरसको संक्रमण पुष्टी भएका सबै अछाम जिल्लाको रामारोशन गाउँपालिकाका र मंगलसेन नगरपालिकाका रहेका छन् ।