डोटी / बझाङमा १२ बर्षिया बालकीलाई बलात्कार गरि हत्या गरिएको घटनाको विरोधमा दलित महिला संघ फोडोले विज्ञप्ती जारी गदै विरोध गरेको छ ।
आईतवार जारी विज्ञप्तीमा सुनसरी जिल्लामा १२ बर्षिया बालिकालाई बलात्कारको प्रयासमा हत्या गरिएको घटनाको समेत विरोध गर्दै यस्ता खाले जघन्यखातका अपराधहरु दोषीलाई कडा भन्दा कडा कार्वाही हुनु पर्ने उल्लेख गरिएको छ ।
संस्थाका संयोजक योगोश बहादुर मल्ल र कार्वाबहाक अध्यक्ष लक्ष्मीबादीको संयुक्त हस्ताक्षरमा जारी भएको विज्ञप्तीमा भनिएको छ, ”यस्ता अपराधिक अमानविय घटनाहरु निरुत्साहित गर्न संवेदनशील भै द्रुतगतिमा प्रहरीले छानविन तथा न्यायलयले न्याय सम्पादन गर्नमा ध्यान जावस् भन्ने हाम्रो अपेक्षा छ । दलित तथा गैर दलित जुनसुकै समुदाय प्रती घटिरहेको यस्ता निन्दनिय कार्यहरु प्रति हाम्रो घोर आपत्ती छ । महिलाहरुको अस्मिता र जीवन रक्षामा तिनै तहका सरकारहरुको ध्यानजावस साथै सत्य तथ्य छानविन सहित पडित परिवारले न्यायको अनुभुती हुनेगरी कार्य गर्न फेडो डोटीको जोडदार माग छ ।”
नेपालमा लगडाउन भएको चैत्र महिना पछि मात्र सुदुरपश्चिम प्रदेशमा १ सय ५० भन्दा बढी बलात्कार तथा बलात्कारका घटनाहरु घटेका छन् । कानूनमा बलात्कारीलाई कडाकार्वाही गर्ने व्यवस्था रहेको भए पनि व्यवहारीक रुपमा लागु नभएका कारण पनि यस्ता घटनाहरु बढ्दै गएको अधिकारकर्मिहरुले बताउदै आएका छन् ।