
डोटी / आईतबार सम्म सुदूरपश्चिम प्रदेशबाट ६ हजार भन्दा बढि कोरोना संक्रमितले कोरोना माथि जित हासिल गरेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आईतबारमात्र १ सय ३६ जना डिस्चार्ज भए छन् । यो संख्या संगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको हो ।
आईतवार सम्ममा सुदुरपश्चिममा ७ हजार भन्दा बढीमा मानिसलाई कोरोना संक्रमण पुष्टी भएको छ भने प्रदेशभर २० जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।