शुशीला पन्त, डोटी / स्थानिय सरकारले निति तथा कार्यक्रम तयार गर्दा वा योजना छनौट गर्दाको समुदायस्तरबाट कसरी योजना छनौट गर्ने, महिलाको न्यायमा पहुँच कसरी बढाने भन्ने विषयमा दलित महिला संघ फेडो नामक गैरसरकारी संस्थाले महिला जनप्रतिनिधि, दलित महिला, संजालका सदस्यहरुलाई तालिम दिएको छ ।
तिन दिन सम्म संचालन भएको उक्त तालिममा २५ जना महिलाहरुलाई सहभागीता रहेको र आईतबार तालिम सम्पन्न भएको सो संस्थाका कार्यक्रम संयोजक योगोश बहादुर मल्लले बताए ।
संस्थाले डोटी जिल्लामा संचालन गरेको दलित महिलाको विकास र सामाजिक न्यायका लागी शासन सुदृढिकरण परियोजना अन्तरगत उक्त तालिम संचालन गरिएको हो ।
३ दिने तालिममा नीति तथा नीति निर्माण, बजेट, विकास र न्यायमा पहुँच सम्बन्धी विषयमा प्रशिक्षीत गरिएको सहजकर्ता तथा पत्रकार रामहरी ओझाले बताए । असार ९ गते देखी संचालन भएको उक्त तालिम ११ गते आईतबार सम्पन्न भएको हो ।