तेजु ओली, डोटी / जिल्लाको आदर्श गाउँपालिका वडा नं ७ दहाकालीकास्थानका २३ वर्षिया एक युवाको भिरबाट लडेर मृत्यु भएको छ ।
आईतबार दिउसो मोहन भट्टको मृत्यु भएको उनका छिमेकी शेर वहादुर नेपालीले बताए ।
आज दिउसो १२ स्थानिय धुरकोट नामक जंगलमा घाँस काट्ने क्रममा मोहनको लडेर मृत्यु भएको हो । तर अपराहृन ४ बजे तिर मात्र थाहा भएको नेपालीले बताए ।
मृतक बुवा दिर्घराज भट्ट र आमाहरु देबि भट्टका कान्छा छोरा हुन । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।