
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै मुलुकभरमा कोरोना संक्रमणका कारण मर्नेको संख्या ४ सय ७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशमा विभिन्न स्थानमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश दिर्घ रोगी भएको बताईएको छ ।