काठमाण्डौ / देशभरि रहेका प्रयोगशालाहरुमा आईतवार भएको परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यो संगै नेपालमा कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज देशभरमा कुल १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा भएको थियो जसमा उक्त संख्याका संक्रमित पुष्टी भएका हुन् । कुल संक्रमितहरु मध्ये आईतवार ८ सय ८५ जनाले कोरोनालाई जितेका छन् भने आजसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।