
पोखरा / ४१ औँ विश्व पर्यटन दिवसका अबशरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री गुरुङले शुभकामना सन्देश जारी गर्दै पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको बताए । उनले संलग्न जनशक्तिको दक्षता, कौशल, ज्ञान तथा आचरण सम्बन्धी क्षमता विकास गर्ने, यस क्षेत्रमा योग्यत र गुणवान नयाँ जनशक्तिलाई आकर्षित गर्न सक्नुपर्ने बताएका छन् ।
यतिवेला विश्व जगत नै कोभिड–१९ को कहरले आक्रान्त वनिरहेको छ र यसवाट पर्यटन क्षेत्र नै सवैभन्दा बढी प्रभावित हुनपुगेको छ । कोभिड–१९ का कारण घोषणा गरिएको यात्रा प्रतिवन्दले हवाई सेवा, यातायात सेवा, होटेल, रेष्टुरेण्ट, रिसोर्ट, ट्राभल एजेन्सी लगायत पर्यटन क्षेत्रमा अरवौँ नोक्सानी वेहोर्नुपरेको छ ।
सेप्टेम्बर २७ मा हरेक बर्ष विश्व पर्यटन दिवस मनाईने गरिन्छ ।