आशिष वहादुर सिँह, बझाङ / बझाङ जिल्ला अस्पताल बझाङमा गरिएको परीक्षणमा आज आईतवार थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा जिल्लाको उक्त प्रयोशालामा भएको कुल १ सय ५९ नमुना परिक्षणका क्रममा २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्का बताए ।
खड्काका अनुसार मष्टाका ५ महिला र १५ पुरुष गरी २० जना, खप्तडछान्ना गाउँपालिकाका २ पुरुष, तलकोट गाउँपालिकाका १ पुरुष र जिल्ला प्रहरी कार्यालयका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।