युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, भाद्र २१ / कोरोना भाईरसका कारण विद्यालयहरु संचालन हुन नसकेपछि डोटीको एक सामाजिक संस्थाले विद्यार्थिहरुलाई शिक्षा दिने उदेश्यले टोल शिक्षा कार्यक्रम सुरु गरेको छ ।
सामुदायिक विकास केन्द्र डोटी नामक गैर सरकारी संस्थाले विद्यार्थिहरुको मानसिकतामा असर नपरोस् भन्दै बिश्व शिक्षा र विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोगमा संचलन भएको प्रारम्भि तह पढाई कार्यक्रम अन्तरगत जिल्लाको १ सय ६८ विद्यालयहरुका विद्यार्थि हरुलाई लक्षित गर्दै भौतिक दुरी कायम राख्दै टोल शिक्षा कार्यक्रम संचालन गरेको परियोजना संयोजक सतिस गुरुङ्गले बताएका छन् ।
हाल विद्यालय बन्द रहेको अवस्थामा टोलमा रहेका बालबालिकाहरुलाई कार्यक्रमका अन्तरगतका स्थानीय सिकाइ उत्प्रेरकहरु द्धारा शैक्षिक ज्ञान हस्तान्तरण गर्ने कार्यक्रमको मुल उदेश्य समेत रहेको गुरुङ्गले जानकारी दिएका छन् । शिक्षा सिकाइ शत्रमा बालबालिकाहरुद्धारा कथा बाचन, कविता बाचन, लेखाइ, बुझाइ मापन, शारिरीक अभ्यास, हाजिरी जवाफ जस्ता क्रियाकलाहरु संचालन गर्दै आएको गुरुङ्गले बताएका छन् । टोल सिकाई कार्यक्रम कम्तीमा हप्तामा २ दिन र बढीमा ६ दिन संचालन भई रहेको गुरुङ्गको भनाई छ । विद्यालय पुर्ण रुपमा बन्द रहेको र विद्यालयहरुलाई क्यारेन्टाईनको रुपमा प्रयोग गरिएको अबस्थामा यो कार्यक्रम समुदायमा प्रभावकारी भएको र बालकालिकाहरुको सिकाइ प्रति उत्प्रेरण जोगाउने काम गरे बडीकेदार गाँउपालिका स्थित डुणा आधारभुत विद्यालयका शिक्षक रिमा मन्नीले बताईन् ।
जिल्लाको आदर्श गाँउपालिकामा ९ ओटा समुदायमा कार्यक्रम संचालन भई रहेको र उक्त कार्यक्रमबाट १ सय ९८ बालबालिका लाभान्वीत भएका छन् । त्यस्तै बडीकेदार गाँउपालिका १३ स्थानमा टोलमा टोल शिक्षा कार्यक्रम संंचालन भई रहेको र उक्त कार्यक्रमबाट २ सय २० विद्यार्थिहरुले लाभ लिई रहेको गुरुङ्गले जानकारी दिएका छन् । त्यस्तै बोगटन फुडसिल गाँउपालिकाका ११ स्थानमा टोलशिक्षा कार्यक्रम सुरु भएको छ भने १ सय ३६ बालबालिकाहरु लाभान्वीत भएका छन् । कोरोना कहरको समयमा नियमित रुपमा संचालन भई रहेको यस कार्यक्रम अन्तरगत केआईसिँह गाँउपालिकामा १ सय ६०, पुर्विचौकी गाँउपालिकामा ७५, सायल गाँउपालिकामा १ सय २३ शिखर नगरपालिकामा २१ र दिपालय सिलगढी नगरपालिकामा १३ जना बालबालिकाहरु लाभान्वीत भई रहेको गुरुङ्गले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय