
बाँके / नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोरोना फाँटमा कार्यरत एक कर्मचारीको कोरोनाबाट मृत्यु भएको छ ।
बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँका ४७ वर्षीय पुरुषको सोहि अस्पतालमा उपचारका क्रममा आईतबार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
निज मृतकमा भाद्र ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेहको समस्याबाट पिडित रहेका थिए । आईसोलेसनमा राखी उपचार भई रहेका यि पुरुषको दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएको थियो ।