रोजेन्द्र जोशी, डोटी / जिल्लाका कुल १ हजार ८५ कोरोना संक्रमित मध्ये ९ सय ५२ जनाले कोरोना भाईरस माथी विजय प्राप्त गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय डोटी दिएको जानकारी अनुसार आज शनिबार सम्म जिल्लाका ९ स्थानिय तहहरुबाट ३ सय १७ महिला र ६ सय ३५ पुरुष गरि ९ सय ५२ जनाले कोरोना माथी विजय प्राप्त गरेका हुन् । त्यस्तै जिल्ला भरमा अहिले १ सय ३३ जना संक्रिया संक्रमित रहेको पनि स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धब बहादुर ठगुन्नाले बताए ।
कहाँकहाँका कतिले जिते कोरोनालाई ?
शिखर नगरपालिका
शनिवार सम्मको तथ्यांकलाई हेर्ने हो भने जिल्लाको सबै भन्दा बढी संक्रमित शिखर नगरपालिकामा देखिएका छन् । उक्त नगरपालिकामा कुल ३ सय ६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । त्यस मध्ये १ सय ८६ जना पुरुष र १ सय १० जना महिला गरि २ सय ९६ जनाले कोरोना माथी विजय प्राप्त गरेका छन् भने अझै उक्त नगरपालिकामा १ महिला र ९ पुरुष गरि १० जना सक्रिय संक्रमित रहेका छन् ।
दिपालय सिलगढी नगरपालिका
त्यस्तै दिपालय सिलगढी नगरपालिकाका कुल १ सय ९१ कोरोना संक्रमितहरु मध्ये १ सय ६ जनाले कोरोना माथी विजय हासिल गरेका छन् भने सबै भन्दा बढी संक्रिय संक्रमित सोहि नगरपालिकामा रहेको छ । उक्त नगरपालिकामा ५ महिला र ८० पुरुष गरि ८५ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
पुर्विचौकी गाँउपालिका
त्यस्तै जिल्लाको पुर्विचौकी गाँउपालिकामा कुल १ सय ५८ कोरोना संक्रमितहरु मध्ये १ सय ५७ जनाले कोरोना माथी जित हासिल गरेका छन् । ४४ महिला र १ सय १३ पुरुष गरि १ सय १५ जनाले कोरोनालाई जितेको भए पनि उक्त गाँउपालिकामा संक्रिय संक्रमित एक पुरुष रहेका छन् ।
केआईसिँह गाँउपालिका
त्यस्तै जिल्लाको केआईसिँह गाँउपालिकामा कुल ३५ जनामा कोरोना संक्रमण देखिएको छ । जस मध्ये ८ महिला र २३ पुरुष गरि ३४ जनाले कोरोनालाई जितेका छन् । त्यस्तै सो गाँउपालिकामा अहिले ४ जना संक्रिय संक्रमित रहेका छन् ।
बडीकेदार गाँउपालिका
जिल्ला भरमा सबै भन्दा कम कोरोना संक्रमित देखीएको बडीकेदार गाँउपालिकामा कुल १३ जनामा कोरोना संक्रमण देखिएको छ । २ महिला र ११ पुरुषमा कोरोना संक्रमण देखिएको उक्त गाँउपालिका सबै संक्रमितले कोरोनालाई जितेर घर गएको छन् । जिल्लाको यो मात्र एउटा स्थानिय तह हो जहाँ १ जना पनि कोरोना संक्रमित छैनन् । कोरोना मुक्त गाँउपालिकाको रुपमा बडीकेदार रहेको छ ।
जोरायल गाँउपालिका
त्यस्तै जिल्लाको जोरायल गाँउपालिकामा शनिबार सम्म ३१ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जसमध्ये ८ महिला र २२ पुरुष गरि ३० जनाले कोरोनालाई जितेका छन् भने अब सो गाँउपालिकामा १ जना संक्रिय संक्रमित रहेको स्वास्थ्या कार्यालय डोटीले जनाएको छ ।
आर्दश गाँउपालिका
त्यस्तै जिल्ला कै दोस्रो कोराना प्रभावित स्थानिय तहको रुपमा परिचित आर्दश गाँउपालिकामा शनिबार सम्म २ सय १३ जनामा कोरोना भाईसरको संक्रमण देखिएको छ । उक्त गाँउपालिकामा संक्रमण देखीएकाहरु मध्ये १ सय १७ पुरुष र ८० महिला गरि १ सय ९७ जनाले कोरोना माथी जित हासिल गरेका छन् । सो गाँउपालिकामा ९ महिला र ७ पुरुष गरि १६ सक्रिय संक्रमित रहेका छन् ।
सायल गाँउपालिका
त्यस्तै सायल गाँउपालिकामा कुल १ सय ४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । सो मध्ये २५ महिला र ६४ पुरुषले कोरोना माथी जित हासिल गरेका छन् भने ८ महिला र ७ पुरुष आईसोलेसनामा बसी उपचार गराई हरेका छन् । उक्त गाँउपालिकामा १५ सक्रिय संक्रमित रहेका छन् ।
बोगटान फुड्सिल गाँउपालिका
जिल्लाको बोगटान फुड्सिल गाँउपालिकामा कुल ३४ कोरोना संक्रमित फेला परेकोका ९ महिला र २४ पुरुष गरि ३३ जनाले कोरोना माथी जित हासिल गरेका छन् । अहिले उक्त गाँउपालिकामा १ जना महिला संक्रिय संक्रमितको रुपमा रहेकी छिन् ।