किरण धामी, डोटी / डोटीको बोगटान फुडसिल गाँउपालिकामा विद्यालय सञ्चालन गर्ने बिषयमा सरकारवालाहरु बिच छलफल भएको छ ।
आज शनिवार गाँउपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाको अध्यक्षतामा पालिकाभरका सम्पुर्ण बिद्यालयका प्राध्यानाध्यापकहरु को सहभागितामा बैठक सम्पन्न भएको सो गाउपालिकाको शिक्षा युवा खेलकुद शाखाले जनाएको छ ।
कोरोना कहरले शिक्षा क्षेत्रमा परेको अशर र विद्यालयलाई अहिले संचालनमा ल्याउन सकिने अबस्थाका बारेमा उक्त बैठकमा छलफल भएको हो ।
विद्यालय व्यवस्थापन समिति संग समन्वय गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को कार्यान्वयनका सम्बन्धमा कार्ययोजना बनाई सम्बन्धित वडाका विद्यालय ब्यवस्थापन समिति बाट उक्त कार्ययोजना स्वीकृत गराइ कार्यान्वयन गर्ने र उक्त कुराको जानकारी गाउँपालिकालाई गराउने सम्बन्धि निर्णय भएको गाउँपालीकाका अध्यक्ष गडसीलाले बताए ।
यस भन्दा पहिले दिपायल सिलगढी नगरपालिकाले विद्यालय संचालन गर्ने सम्वन्धमा छलफल गरि अध्ययनका लागि कार्यदल नै बानाएको थियो ।