तेजु ओली, डोटी / नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले जिल्लाको शिखर नगरपालिकाका ५ सय ६८ घरधुरीलाई बाल्टीन तथा हात धुने सावुन वितरण गर्ने भएको छ ।
शाखाले जिल्लामा संचालन गरेको पश्चिम विपद पुर्व तयारी परियोजना अन्तरगत उक्त संख्याका घरधुरीलाई सरसफाईका लागी भन्दै साबुन र बाल्टीन वितरण गर्न लागेको शाखाका सभापति लक्षिराम कुँबरले बताए ।
नगरपालिकाको बडा नं. ८, १० र ११ का ५ सय ६८ घरधुरीलाई सामाग्री वितरण गर्ने कार्यक्रमको सुरुवात आज एक कार्यक्रमका विच सुरु भएको उक्त शाखाका जिल्ला अन्तरगतको सो कार्यक्रमका संयोजक रबिन ढकालले बताए ।
शिखर नगरपालिकाका नगरप्रमुख सिताराम जोशीको प्रमुख आतिथ्यता, शाखाका सभापति कुँबरको विशिष्ट आतिथ्यतामा सुरु भएको उक्त कार्यक्रम अन्तरर्गत आज शनिवार नगरपालिकाको बडा नं. ८ र १० का ३० घरधुरीमा सामाग्री वितरण गरिएको र बाँकी घरधुरी तथा बडाहरुमा भोली आईतबार देखी उक्त सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको शाखाका सभापति कुँबरले बताए ।
उद्धघाटनको क्रममा बोल्दै उक्त नगरपालिकाका प्रमुख जोशीले अहिले विश्वभरी कोरोनाको महामारी फैलिएको र त्यसबाट जोगिनका लागी सरसफाई प्रमुख भएकोले सबैले सरसफाईमा विशेष ध्यान दिनु पर्ने बताए ।