बाँके / नेपालमा कोरोना संक्रमण बाट थप एकजनाको मृत्यु भएको छ ।
बर्दिया जिल्ला गुलरियाका ५० बर्षिय पुरुषको कोरोना संक्रमित का कारण मृत्यु भएको हो ।
गुलरिया नगरपालिका वडा नं. ७ का उनलाई गत असोज ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए संगै उनी होम आईसोलेसनमा बस्दै आएका थिए ।
होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबार भेरी अस्पताल नेपालगञ्ज ल्याईदै गर्दा उनको बाटोमा नै मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।