
धनगढी / सुदुरपश्चिम प्रदेशको अस्थायि राजधानी समेत रहेको धनगढीमा संचालित दिनेश संचारगृहका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
एफएममा कार्यरत ३७ वर्षीय पुरुष कर्मचारीमा कोरोना गएको विहिबार कोरोना संक्रमण पुष्टी भए संगै संचारगृहमा कार्यरत कर्मचारीहरुको पिसिआर परिक्षण गरिएको थियो ।
११ जना कर्मचारीको पिसिआर परिक्षण गर्दा थप १ जनामा कोरोना संक्रमण देखीएको उक्त संचारगृहले जनाएको छ । शनिवार संचार गृहमा कार्यरत २५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यो संगै उक्त संचारगृहका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । परिक्षण भएका मध्ये १० जनाको रिपोट नेगेटिभ आएको उक्त संचारगृहले जनाएको छ ।