सिता महता / डोटी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ६ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज श्रेष्ठले सायल गाउँपालिकाका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको बताए । संक्रमित हुनेमा जिल्लाको सायल गाउँपालिका वडा नं. ५ का ३, ४, ८, ९ बर्षीया गरि चार बालिका, ५ र १ बर्षका दुई बालक गरि ६ जना बालबालिकामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
त्यस्तै सोहि गाँउपालिकाका २०, ६५, १६, ५० बर्षका चार जना महिला र ४०, १५, २३, १३, २० बर्षीय ५ जना पुरुष गरी बलाबलिका सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
डोटी जिल्लामा हालसम्म सक्रिय संक्रमितको संख्या १ सय ३३ रहेको छ । आज थपीएका संक्रमित सबै पालिकाको आईसोलेसनमा रहेको र सबैको अबस्था सामान्य रहेको समेत स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
जिल्लामा १५ जना कोरोना संक्रमित थपिए सँगै कुल संक्रमित हुनेको संख्या १ हजार ८५ पुगेको छ । डोटी अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ सय २५ जनाको पिसिआर परीक्षण गरिएको थियो जसमा डोटीका १५ र अछामका १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।