युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

भाद्र २१, डोटी/ उत्पादक उम्मेर समुहमा बैदेशिक रोगजारलाई रोज्ने उम्मेरका डोटीली युवाहरु पछिल्लो समय आफ्नै क्षेत्रमा केहि गर्नु पर्छ भन्दै व्यवसायीक बन्दै गएका छन् ।
विदेशी भुमीलाई जिविकोपार्जनका लागी मुख्य थलोको रुपमा प्रयोग गरिने परम्परालाई तोड्दै पछिल्लो समय युवाहरु कृषि क्षेत्रलाई आफ्नो मुल पेशाको रुपमा अघि बढाउन थालेका छन् । कसैले स्थानिय जातका कुखुरा पालन गर्न थालेका छन् भने कोहि युवा तरकारी खेती तर्फ लागेका छन् । त्यस्तै लाभदायक फलको रुपमा रहेका किवी खेतीको सुरुवात समेत डोटेली युवाहरुले गर्न थालेका छन् ।
सुदुरपश्चिमको पहाडी जिल्लाका अधिकांश मानिसहरुका लागी मुख्य रोजगारीको थलो छिमेकी मुलुक भारत बन्दै आएको भए पनि केहि बर्ष यता सामाजिक क्षेत्रमा कृयाशिल रहेका युवाहरु समेत आफ्नै भुमिका केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ कृषि व्यवसाय तर्फ लागेका छन् ।
अधिकांश युवाहरुको रोजाईमा बैदेशीक रोजगार पर्ने भए पनि अर्काको मुलुकमा गई युवा पौरखी हातहरु खियाउनु भन्दा आफ्नै मुलुकमा व्यवसाय संचालन गर्नु पर्ने मान्यता डोटेली युवाहरुमा बढ्दै गएको पाईन्छ ।
एक दशक भन्दा बढी समय सामाजिक रुपमान्तरको अभियानमा लागेका स्थानिय युवा सुनिल घर्ति तिन बर्ष देखी अण्डा उत्पादक व्यवसायीको रुपमा क्रियाशिल छन् । गैरसरकारी संस्थामा एक दशक भन्दा बढी विताएका घर्तिले सुरुको समयमा ब्राईलर कुखुरापालन थालेका थिए । पछिल्लो समय जिल्लामा ब्राईलर पालनमा धेरै कृषकहरु अघाडी देखिए संगै आफुसंग भएका कामदार कम भए पछि घर्तिले तिन बर्ष यता लेयर्स कुखुरा पालन गर्दै आएका छन् । अण्डाका लागी उपयुक्त मानिने कुखुरा पालन गर्दै डोटीको स्थानिय बजारमा अण्डा आपूर्ति गर्दै आएका छन् घर्ति । विश्व भर महामारीको रुपमा फैलिईएको कोरोना भाईरसको संक्रमणका कारण आफ्नो व्यवसायमा समेत समस्या देखिन थालेको भए पनि जेनतेन अण्डा उत्पादन गरि रहेको सुनिल बताउन्छन् ।
विदेशी भुमीमा पैसा कमाउनका लागी नै जाने भईएकोले अर्कोको भुमिमा गरिने श्रम भन्दा कम श्रमबाट नै आफ्नै भुमिमा बढी पैसा कमाउन सकिने घर्तिको दावी छ । उनी भन्छन् । विदेशमा पैसा कमाउन जाने हो, त्यो भन्दा बढी रकम यहाँ बसेर नै कमाईएको छ भने किन विदेश रोज्नु । आफुले थालेको व्यवसायबाट राम्रै आम्दानी भएको सुनील बताउन्छन् । मेहनत धेरै गर्नु पर्ने भए पनि मेहनतका आधारमा आम्दानी पनि ठिकै हुने उनको बुझाई रहेको छ ।
आफ्नै लगानीमा व्यवसाय संचालन गरेका घर्ति एक उदाहरण मात्र हुन् । युवाहरु आफ्नै भुमिमा केहि गर्न चहान्छन् तर आर्थिक समस्याका कारण बिदेशी भुमिलाई कर्मथलो बनाउनु पर्ने कतिपय युवाहरुको बाध्यता पनि रहदै आएको छ । समयमा नै राज्यले त्यस्ता ईच्छा शक्ती भएका युवाहरुको पहिचान गरि सहुलियत सहित सहयोग गरे युवाहरुको बैदेशिक मोह हराउने देखिन्छ भने राज्यलाई त्यसबाट फाईदा समेत पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय