युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

आशिष वहादुुर सिँह, बझाङ / बझाङ कि १२ बर्षिया बालिका सम्झना विश्वकर्मालाई बलात्कार गरे पछि हत्या गरिएको थुप्रै प्रमाणहरु भेटिएका छन् ।

सम्झनाको मन्दिर भित्रै कुटी कुटी हत्या
सम्झनालाई एक स्थानमा बलात्कार गरिएको र अर्को स्थानमा लगी कुटीकुटी मारिएको अनुमान गरिएको छ । मृतक बालिकाको शव पाईएको शिब मन्दीर परिषरको अध्ययन गर्दा उनलाई त्यहि मन्दिर भित्र कुटीकुटी मारेको हुन सक्ने स्थानियको अनुमान छ ।

असोज ७ गते बेलुका ५ बजे गाईबस्तुलाई घाँस हाल्न घरबाट डोको र लाम्लो बोकेर हिडेकी सम्झना गाईगोठ सम्म नपुग्दै विचबाट नै घटना घटाईएको देखिएको छ । बालिकाको कुटी कुटी हत्या गरिएको यो अमानवीय घटना प्रती जति निन्दा र भर्सना गर्दा पनि कमै हुन्छ, स्थानिय भन्छन् ।

“फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो,”
सम्झना घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्ने लगायत काममा पनि उनी निपुण थिइन् । उनी मष्टा आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यनरत थिईन् ।

बालिका निकै मिलनसार, सोझी र कक्षामा पठाउदा पनि अनुशासित भएको आफुहरुले पाएको उनका विद्यालयका शिक्षक बिरेन्द अधिकारीले बताउन्छन् । स्थलगत रिपोटिंगका क्रममा शिक्षकको मुहार हेर्दा उनी निकै भाबुक देखिन्थ्ये ।

उनका बाजे भन्छन, “हामी बूढाबूढी बिरामी हुँदा पानी दिने उनी नै थिईन् ।“ “केही परिहाल्यो भने नातिनी छँदै छ भनेर सोच्थ्यौं । मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो,” बज्यै हाँसुले आशु बगाउदै भनीन् ।

बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झनाको ‘हत्या’ ले उनको परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ ।

घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर पुगेका छन् ।

यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्ति समेत निकालेका छन् ।

आमाबाबु चार वर्षदेखि भारतको बेंग्लोरमा रहेकाले सम्झना दुई बहिनी सहित बाजेबज्यैसँग बस्दै आइरहेकी थिइन् । नातिनीको हत्यापछि उनका बाजेबज्यै विह्वल अवस्थामै चैनपुर आई प्रहरी, पत्रकार र अधिकारकर्मीहरूसँग हत्यारालाई कारबाही गराइदिन अनुरोध गरिरहेका छन् ।

गोठ जान तयार थिईन् बज्यै हाँसु, एक्कै परिन् सम्झना अपराधीको पासोमा
घटनाको दिन दिउँसो ४ बजेतिर खाजा खाएर सम्झना १५ मिनेट पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाई घाँस हाल्न डोको–नाम्लो बोकेर गएकी थिइन् ।

‘दिनभरि बाख्रा चराएर थाकेर आएकी थिई, गोठमा म जाउँला तँ आराम गर भन्दा मानिन,’ बज्यै हाँसुले आशु झार्दै भनिन् ।

बज्यै हाँसु भन्छीन्, ‘तपाईं बिरामी हुनुहुन्छ, म एकैछिनमा पुगेर आइहाल्छु भनेर गएकी हो, सबै साथीहरू आए ऊ आइन ।’ नातिनीलाई रोक्न घरबाट ५ मिनेट जति लाग्ने स्वास्थ्यचौकीसम्म आफूले पछ्याएको स्मरण गर्दै उनले भनिन्, ‘उसले नमानेपछि त्यहाँबाट फर्किएँ । १५ मिनेटजति टाढा पर्ने सिमथला डाँडासम्म सम्झना गएको घरबाट देखेकी थिएँ ।’

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको हत्यापछि भावविह्वल भएकी बज्यै हाँसु कामी डाँडा कट्ने बितिकै कसैले नियन्त्रणमा लिएको र केही तल रहेको सिममाडौं मन्दिरभित्र लगेर उनको बलात्कारपछि हत्या गरिएको बताउन्छीन् ।

उनले बोकेको नाम्लो र डोको मन्दिरभन्दा करिब सय मिटर तलको खोंचमा फालिएको अवस्थामा भेटिएको उनका काका ईश्वर कामीले बताए । घटनास्थल पुगेका स्थानीयका अनुसार मन्दिरभित्र हत्यारासँग सम्झनाको निकै घम्साघम्सी परेको जस्तो देखिने र छटपटाउँदा भुइँ खुट्टाले खोस्रिएको अवस्थामा रहेको छ ।

आफुहरु गरिब भएकाले अपराधी उम्कन्छ कि भन्ने पिडित परिवारलाई डर
न्यून आर्थिक अवस्था भएका सम्झनाका बाजे गोरख बुढेसकालमा पनि आरनको काम गर्छन् । आरनमा कृषिऔजार बनाउने र मर्मत गरेबापत पाइने अन्न (खलो) को सहाराले कामी परिवारको गुजारा चलिरहेको छ ।

आफूहरूको आर्थिक अवस्था र पहुँच कमजोर भएका कारण अपराधी उम्किने हो कि भन्ने गोरखलाई चिन्ता छ । “हामी त आरनको काम गरी खाने मान्छे, हाम्रो लागि बोलिदिने न मान्छे छन्, न पैसा । कतै पैसा पेलेर अपराधी उम्काउने हुन् कि भन्ने चिन्ता छ । तपाईंहरू सबैले बोलिदिनुर्पयो,” उनले भने ।

हत्याको आशंकामा एक युवक पक्राउ
प्रहरीले पनि सम्झनाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ । बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान थालेको छ । बोहराले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा आफ्नो संलग्नता इन्कार गरेको प्रहरी श्रोतले बताएको छ ।

पक्राउ परेका बोहराले ईन्कारी बयार दिएपनि प्रहरीले अपराधमा संलग्न रहेको खुल्ने केही बलिया प्रमाण फेला दावी गरेको छ । अभियुक्तले अपराध स्वीकार नगरेको पनि घटनाका थप प्रमाणहरू संकलन गर्न प्रहरी टोली घटनास्थलमै रहेको प्रहरीले बताएको छ । गम्भीर अनुसन्धान भइरहेको छ, छिट्टै अपराधी पत्ता लाग्ने प्रहरीको दावी रहेको छ ।

पोष्टमार्टम रिपोट आउन बाँकी
७ गते नै शव फेला परेपछि सम्झनाको पोष्टमार्टम गरिएको छ । अझै मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकाले यस विषयमा ठोकुवा गरेर भन्न नसकिने बझाङका प्रहरी प्रमुख डीएसपी रूपक खड्काले बताए ।

‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने देखिन्छ,’ घटनास्थल पुगेका उनले भने, ‘अपराधमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय