
एजेन्सी / विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि नै विश्वमा २० लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।
कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिदै डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा। माइक रायनले यस्तो चेतावनी दिएका हुन्।
कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या तीन करोड २० लाखभन्दा धेरै छ ।
डा। माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले जोड दिए ।