डोटी / बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्याको घटनालाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थि संगठन केन्द्रिय कार्यालयले विज्ञप्ती जारी गर्दै सरकारलाई बलात्कारीलाई फाँसीदिने कानून ल्याउन आग्रह गरेको छ ।
संगठनका केन्द्रीय संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनीएको छ, हालै नेपाल सरकारले एसिड प्रहार गर्ने अपराधीलाई ऐन मार्फत कडा कार्वाही गर्ने प्रकृया अगाडि बढाए जस्तै अब बलात्कारीलाई पनि ऐन संशोधन गरी फाँसीको सजाय दिने कानून निर्माण गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दछौ ।
विज्ञप्तीमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला मष्टा गाँउपालिका बडा नं. २ बस्ने बिजुली कामीको छोरी सम्झाना विश्वकर्माको बलात्कार पछि विभत्स हन्या गरेर मन्दिर नजिक लास फालिएको वर्वर घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको र दलित समुदायकी १२ बर्षिया अवोध बालिकालाई बलात्कार पछि क्ररुतापुर्वक हत्या गरिएको पाशविक घटनाबाट फेरि एकपटक नेपाली समाज लञ्जित भएको उल्लेख छ ।
अनेरास्ववियू द्धारा जारी विज्ञप्तीमा दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गरिएको छ भने पिडित परिवारलाई उचित परिपुरणको व्यवस्थागर्न समेत माग गरिएको छ ।
बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान थालेको छ । बोहराले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा आफ्नो संलग्नता इन्कार गरेको प्रहरी श्रोतले बताएको छ
जिल्लाको मस्टा गाँउपालिका वडा नँ २ कि एक १२ बर्षियालाई मृत अबस्थामा फेला परेकी थिईन् ।
बुधबार विहान बाख्रा चराउन गएकी बालिका साँझ सम्म घर नफर्केपछि उनको खोजि कार्य गरिएको थियो । खोज्ने क्रममा राति ८ वजेतिर उनी मृत अवस्थामा भेटिएकी थिईन् ।
बालिकाको टाउकोमा चोट लागेको र शरिल भरि रगत बगेको र नांगो अबस्थामा कि बालिका बालि बलात्कार भएको र त्यस पछाडी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।