तेजबहादुर डुम्रेल / तत्कालीन डौड, तोलेनि, छपालि र खातिवाडा गाविसको समिश्रणबाट सायल गाउँपालिका बनाएका हौ । संघियतामा गई सकेपछाडी कुनै बेलाको सायल गर्खा अहिलेको सायल गाँउपालिका भएको छर जिल्ला सदरमुकाम सिलगढी देखि उत्तरीक्षेत्रमा पर्ने सायलको विकास गर्न र यसलाई सम्वृद्ध बनाउनका लागी थुप्रै सम्भावना रहेका छन् । तर अबशर संगै थुप्रै चुनौतिहरुको सामाना सायल क्षेत्रले गरि राख्नु परेको छ । विकास निर्माणको कुरालाई एकछिन छाडि हेर्ने हो भने पनि सयाल क्षेत्रले केहि बर्ष यता ठुलो प्राकृतिक विपद सहदै आउनु परेको छ । उदाहरणका लागि अहिले सायलक्षेत्रका अधिकाशंस्थानलाई पहिरोले छियाछिया पारेको छ भने खेतीयोग्य जमिन जहाँ खेती लगाईएको थियो, सो खेती समेत खेललाई बाढीले बगाएको छ । घर नजिकैको बिजुलीको पोल बाङ्गीएका छन् कतिपयस्थानमा पोलहरु ढलेका छन् । सबैभन्दा बढि उब्जनी हुने खेतबारी सायलीगाढ (स्थानिय नदी) ले लुछेर लैजाने गरेको छ ।
बर्षौ देखी बाढी पहिरोको मार खेप्दै आएको सायल गाँउपालिका हुदै बग्ने सेती नदिले छपालिको औल क्षेत्रका दर्जनौं किसान दाजुभाइहरुको बाली लगायको खेत नै बगाएको छ । बाढी पहिरो र त्यसबाट भएको क्षेतिको विवरण संकलन गर्ने हो भने सायल क्षेत्रको लामो टिस्ट बन्नसक्छ । वडा अध्यक्ष हिरा थापा खेत बगेको छ । हिराथापाको खेतमा सेती पस्दा खेतमा लगाएको बाली समेत निलेको छ । बर्षाका कारण सायल गाउँपालिका उपाध्यक्ष बिष्णा सिँहको घरको पछाडिको भागमा पनि क्षति गरेको पुगेको छ । सायल २ शिर्माका दर्जनौ क्षेत्रमा पहिरो खसेको छ । सायलको भुर्केला सबैभन्दा चेपुवामा रहेको परेको छ । माथिबाट हरेक साल पहिराले गर्दा होस हराउने गरेको स्थानीयहरुको दुखेसो छ । बादल लाग्ने बित्तिकै घर बाहिरको वातावरण हेरि केटाकेटी काखी च्यापेर डाँडो तिर लाग्नु पर्ने भुर्केलाबासीको बाध्यता जस्तै बनेको छ । स्थानियको भलाकुसारी गर्दा पनि मन अमिलो भएर आउन्छ मनमा चिसो पसको अनुभुति हुने गर्दछ । उता सायल ३ सायलिगाढले बगाएका कारण बाबनगाउ, कम्छडा, रालगाउ, पानिखाल, सापरा, बेटाराका स्थानियहरु उस्तै चिन्ताजनक अवस्थामा छन् । सायल ४ मा पहिराले डौड, बाबनसैन क्षेत्रमा क्षति पनि क्षेतविच्छेद भएका छन् । सायल क्षेत्रकै वडा नं. ६ बिरलकाडा र रौकल्लाको तल्लो बस्तीमा बाढीले क्षति गरेको छ । समग्रमा सायल गाँउपालिकामा पहिरो नगएको गाँउ छैन बाढी नपसेको उब्जाउ खेत छैन भन्दा अतियुक्ती नहोला ।
संघिय, प्रदेश र घर दैलोको स्थानीय सरकार आई सके पछाडी निश्चीत रुपमा जनताको ठुलो आशा छ भरोसा छ तिनै तहका सरकार प्रति । अझै भन्ने हो भने घर दैलोको सरकारसंग बढी आशमा बस्नु स्वभाविक पनि हो । स्थानिय सरकारले जनताका लागी नै जनमुखि काम अहिलेको अबस्थामा गर्ने हो र जनताको घाउमा मलम लागाउने काम गरिदिने हो भने सायल क्षेत्रका जनताको घाउ पुरीने छ भने अबको दुई बर्ष पछाडी हुने निर्वाचनमा भोटमाग्ने आधार बन्ने छ । जनताको दुखमा मलम लगाउन सकिएन भने भोलीका दिनमा हामी जनताको विचमा कसरी जाने, कसरी हामीले उहाँहरुको अमुल्य मत माग्ने अनि उहाँहरुले हामीलाई किन मत दिने सबै आधारहरु गुम्ने छन् ।
स्थानिय सरकार संग यति ठुलो रकम नहुन सक्छ कि सायल क्षेत्रमा भई रहेको सम्पुर्ण बाढि पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण पुगेको क्षेतिलाई पुर्ति गर्ने तर त्यसममा मलम लागाउने काम पक्कै गर्न सक्छ । जनताको ईच्छा चहाना अनुसार धेरै मारमा परेका कृर्षकहरुलागी विशेष खालको कार्यक्रम ल्याउन सक्छ । किसानमुखी सरकार बन्न सक्छ । कृर्षकहरुको पिडालाई कम गर्न आधुनिक कृषि खेती र भुक्षय नियन्त्रणका लागी कार्यक्रमहरु तयार पारी लागु गर्न सक्छ । यसरी समग्रमा सायलको भविष्यमाथि हेर्दा जोखिम बस्ती सुरक्षाका लागी स्थानान्तरण गर्ने कि सुरक्षीत पार्ने कार्यक्रम बनाउनु पर्छ । जनता आवास कार्यक्रम तत्काल सरकारहरु मिलेर जनताको घरसम्म जान सक्यौं भने स्थानीय दाजुभाइका ज्यान सुरक्षित भेट्नु हुनेछ । अनि मात्र भोट माग्ने आधार बन्नेछन् ।
स्थानीय सरकारले आफुले सक्दो कार्य सम्पादन गर्नु पर्छ र जनजनको सुरक्षाका लागी योजना बनाई अघि बढ्नु पर्छ त्यस्तै स्थानिय सरकारले आफुले गर्न नसकेको वा गर्न नसक्ने कार्यक्रमहरुका लागी प्रदेश र संघिय सरकार समक्ष माग गर्ने योजनाहरुलाई प्रदेश सरकार र संघिय सरकारले विशेषप्राथमिकताका साथ सहयोग गर्नु पर्दछ । जनअपेक्षा अनुसार जनातका समस्याहरु संकलन गरि केहि समय पहिले मात्र हामी सबैले संघिय सरकार र प्रदेश सरकारलाई डेलिकेशन समेत पुराएको अबस्थामा सुनुवाई कहाँ सम्म पुग्यो प्रदेश सरकार र संघिय सरकारले ध्यान दिदै सहयोग गर्नु पर्ने अबस्था आएको छ । अहिले मुलुक भरमा बाढी पहिरो त्यसैले सायल क्षेत्रका लागी मात्र गर्नु पर्छ सायलमात्र समस्यामा छ हामीले भन्न खोजेका पनि होईनौ तर बर्षौ देखी बाढी पहिरोले पिडीत बनेको सायल बस्ती स्थानन्तरण गर्नु पर्ने अबस्थामा नै पुगेको छ । मानव बस्ती सार्नु पर्ने अबस्थामा पुगेका छ । खेती योग्य जमिन बर्षैबर्ष बगी रहेको छ कटान भई रहेको छ त्यसैले मुलुकभरका समस्यालाई हेर्ने हो भने पनि सायल क्षेत्रको समस्या सरकारको प्राथमितामा पर्नु पर्छ ।
सायल क्षेत्रको यात्रा गरि रहदा पर्याप्त पुर्वाधार हुन नसक्दा किसान दाजुभाइ सशंकित देखिन्छन् ,मैले कतै विउको समस्या देखे, कतै बाढी पहिरोको कारण क्षेतविच्छेद जमिन देखे । कतै जंगलि जनाबरका कारण खेतीयोग्य जमिनमा भएको बाली नष्ट भएको देखे । एकअर्को गाउँ जाने गोरेटो बाटो बनाउनु पर्ने देखे, धारा कतिपय ठाउँमा काठेपुल बनाउनु पर्ने देखे, बगाएको पानी घट्ट देखे, बाढीले च्यापिएका मठमन्दिर ,स्कुलका शौचालय देखे, बाढी खर्क भित्र पुगेको देखे, सरकारहरुसंग अनुरोध गरिएको देखे, प्रहरी बाढीले बगाएको ठाउँमा पुगेको पनि देखे, कतिपय ठाउँमा जनप्रतिनिधि बाढीले बगाएको ठाउँसम्मन नपुगेको पनि देखे, स्थानीय तहको सरकारले सायलमा सयौं राम्रा काम गरेको पनि देखे, ती सरकारले गरेका कामहरुको पर्याप्त प्रचार नभएको पनि देखे, स्कुलहरुमा लगानी, सडकमा लगानीमा , स्वास्थ्यमा लगानी, अनाथ बालबालिकालाई भत्ताको व्यवस्था गरिएको पनि देखे, बेरोजगार एकल पुरुषलाई भत्ता दिएको पनि देखे, प्राविधिक धार तर्फ स्थानीय तहमै कक्षा संचालन भएको पनि देखे, समग्रमा संघियता पुर्व र संघियता पछिको अबस्थालाई तुलना गर्दा अहिले विकास भएको छ । जनाताले सरकारले घर आगामा पाएको छ तर जनताका थुप्रै समस्या छन् जो पुरा हुन बाँकी छन् । बढी विकास भएको पनि देखे ,यति हुदाहुदै सबैलाई रोजगारि कुनै पनि तहका सरकारले दिन नसकेको चरम अवस्था पनि देखे । भारतबाट घर भित्र थुनिएका युवा फेरि भारत जाने सल्लाह गर्दै गरेको पनि देखे, कतिपय युवा अबसर पाईन्छ की भन्दै आशमा बसेको पनि देखे ।
दिन खोजेकाले अब भारत नजाने भन्दै थिए, सायल ४ का युवा पुर्ण बिष्ट माछापालन अनि कृषिमा लाग्ने बताउन थालेका थिए ,अरुको देशमा धेरै गरियो ,अब स्थानीय तहमै बाझिएको जमिन खनेर घर परिवारको पालनपोषण गर्ने भन्दै थिए । भारतबाट फर्केर घरमै बसेकालाई प्रदेश सरकारले विभिन्न कृषि पेशामा लाग्नेलाई अनुदान दिने भनेपछि कृषि शाखा सायलमा ठूलो भिड देखे,वडामा सिफारिस लिनेको अर्को भिड पनि देखे,स्थानीय सरकारलाई माया गर्ने पनि टन्न देखे,गुनासो गर्ने पनि देखे,स्थानीय सरकारले सबैका सवाल मसिनो ढंगले सुन्ने गरेको पनि देखे ।
सायल जलश्रोतबाट सम्पन्न छ । भुक्षय हाम्रो समस्या पक्कै हो तर त्यसलाई रोक्ने र बर्षेन हुने जमिन कटान लाई रोक्दै अलैंची खेती, चिया खेती, अदुवा खेती, बेसार खेतीका साथै मुलुकभरमा नै प्रशिद्ध रहेको स्थानिय जातको सायली आलुका लागी सायललाई हब बनाउन सकिन्छ । यसो गर्दा विदेशबाट अहिले घर पुगेका युवाहरुलाई रोजगारी दिन सकिन्छ । हाम्रो देशको जनशक्तिलाई हाम्रै घरमा क्रियाशिल राख्न सकिन्छ ।
सायल थुप्रै पर्यटकिय स्थान भएको क्षेत्र हो । सुुदुरपश्चिम सरकारले मात्र नभई संघिय सरकारले समेत घुम्नु पर्ने सूचिमा रहेको खप्तड क्षेत्रलाई यस गाँउपालिकाले छोएको छ । त्यसका बाबजुत सायल क्षेत्र भित्र धेरै पर्यटकिय क्षेत्रहरु रहेका छन् । डोटी जिल्लाकै सबैभन्दा अग्लो झरना पनि सायलमै छ, मिनि खप्तड चर्केलेक र चौरिषेलेक सायलमा छ । खरिखानि र बालुवा गिट्टी सजिलोसँग पाउने सायलिगाढका असलामाछा सायलमा छ । गोलेदेउला, मालिका, तामागिरिमालिका, अशुद्धाला गुफा, कालाढुङा मन्दिर, डुमरि कालिका मन्दिर सायल भित्रै नै छन् । सायलको आफ्नै कलासंस्कृति छ, यस क्षेत्रको महत्वपुर्ण कला हुड्के नाच संरक्षण गर्नु पर्ने अबस्थामा पुगेको छ । यहि क्षेत्र हुदै बझाङ्ग हुदै चाईनाको ताकलाकोट सम्म जोडिने सड्क निर्माणाधिन अबस्थामा रहेको छ ।
अतः सायलमा धेरै सम्भावना छन् र चुनौती पनि त्यसैले स्थानिय सरकारले कनिका छर्ने योजना भन्दा ठोस योजना बनाई गुरुयोजना निर्माण गरी गुरु योजनाका आधारमा विकास निर्माणलाई अघि बढाउने हो भने सायल सम्वृद्ध बन्ने छ । अहिले जनताको घाउमा मलम लगाउन सके भोली मत माग्ने आधार बन्ने छ ।
(लेखक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता तथा जिल्ला कमिटी सदस्य हुन ।)