
आषिश वहादुर सिँह / बझाङ जिल्लामा बलात्कार पछि हत्या गरिएकी १२ वर्षीया बालिकाको हत्यारालाई कडाकार्वाहीको माग गर्दै जिल्लामा क्रियाशिल विद्यार्थि संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कार्वाहीको माग गरेका छन् ।
बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान थालेको छ । बोहराले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा आफ्नो संलग्नता इन्कार गरेको प्रहरी श्रोतले बताएको छ ।
जिल्लाको मस्टा गाँउपालिका वडा नँ २ कि एक १२ बर्षियालाई मृत अबस्थामा फेला परेकी थिईन् । बुधबार विहान बाख्रा चराउन गएकी बालिका साँझ सम्म घर नफर्केपछि उनको खोजि कार्य गरिएको थियो । खोज्ने क्रममा राति ८ वजेतिर उनी मृत अवस्थामा भेटिएकी थिईन् ।
बालिकाको टाउकोमा चोट लागेको र शरिल भरि रगत बगेको र नांगो अबस्थामा कि बालिका बालि बलात्कार भएको र त्यस पछाडी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।
सोही घटनालाई लिएर अनेरास्ववीयूका केन्द्रीय सदस्य भीम भट्ट, नेविसंघका निवर्तमान सह–महामन्त्री अच्युतराज कलौनी, अखिल क्रान्तिकारीका सेती महाकाली संयोजक बिरेन्द्र शाह, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सुदूरपश्चिम इन्चार्ज उमेश विष्ट, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्दशन साउँद र अखिल छैठौँका सुदूरपश्चिम सदस्य पुस्कर भट्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको हो ।