काठमाडौं / विश्वभर कोरोनाको महामारी चलि रहेको समयमा पनि विदेश बस्ने नेपालीले ९२ अर्ब ७१ करोड नेपाल पठाएका छन् ।
चालु आर्थिक बर्षको सुरुवाति महिना श्रावणमा नै उक्त रकम नेपाल भित्रीएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनामा भन्दा २३ प्रतिशतले रेमिट्यान्स बढेको छ ।
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।