डोटी / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटी केहि दिन यता संगठन विस्तारको कार्यक्रममा जिल्ला दौडमा लागेको छ । सोहि क्रममा शुक्रबार डोटीको केआईसिँह गाँउपालिका गाँउ संगठन कमिटीको बैठक सम्पन्न गरेको छ ।
पार्टीको आधिकारिक राजनैतिक कार्यदिसा, पार्टीको सिद्धान्त, बिचार, रणनीति, संगठन विस्तार लागायतका विषयहरुमा उक्त बैठकमा छलफल भएको सो पार्टीले जनाएको छ ।
उक्त गाँउ संगठनको चौथो पुर्ण बैठक कमिटीका अध्यक्ष दिलिप बहादुर कठायतको अध्यक्षता र पार्टी जिल्ला अध्यक्ष चक्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विद्यार्थि नेता प्रकास जोशीले बताए ।
विशिष्ट अतिथि पार्टी जिल्ला सचिब जङ्ग बिक सैलेन्द्र रहेको उक्त बैठकको कार्यक्रम गाँउ संगठन कमिटीका सचिब तेज माझिले गरेका हुन् ।
बैठकमा पार्टीका जिल्ला अध्यक्ष मल्ल र जिल्ला सचिब विकले सम्वोधन गर्दै आगामी दिनको रणनिति र पार्टीले जनताका लागी गर्नु पर्ने काम गरेका कामका बारेमा प्रष्ट पारेका थिए ।
तिनै तहका सरकारले गरेका काम, बिकास निर्माण, काम कारबाहीको समीक्षा गर्दै जनताको बिकास र समृद्धिको लागि नेकपा तयार रहेको बताएको विद्यार्थि नेता जोशीले बताए ।
पुर्ण बैठकको क्रममा नेपाली काग्रेस परित्याग गरि ४५ जना स्थानिय नेता कार्यकर्ताहरु प्रबेश गरेका नेकपा डोटीले जनाएको छ ।