काठमाण्डौ / आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारी मन्त्रिपरिषदमा लग्ने भएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने प्रस्ताब मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो ।
सो विषयमा अध्ययन गर्न पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईरालाको संयोजकत्वमा समिति समेत गठन भएको छ ।
उक्त समितिमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको उक्त मन्त्रालयले जनाएको छ ।