
काठमाडौं / आमरण अनसनरत डा. गोविन्द केसीले शुक्रवार एक भिडियो सार्वजनिक गर्दै आफ्नो माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।
डाक्टर केशीले आफुले राखेका मागहरु सामान्य रहेका कारण चाडो माग पुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।
डाक्टर केशीले आफ्ना धेरै मागका विषयमा सरकारले सम्झौता गरि सकेको भएपनि अहिलेका मागहरु साधारण भएका कारण पुरा गर्न आग्रह गरेका हुन् ।
डाक्टर केशी त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट आबरण अनसनमा रहेका छन् उनले उक्त भिडियो सोहि स्थानबाट जारी गरेका हुन् । माग सम्बोधन नभए आफु सत्याग्रह गर्न बाध्य हुनेसमेत डाक्टर केशीले बताए ।