
समिक्षा आचार्य, काठमाण्डौ /मुलुकभरमा पछिल्लो २४ घण्टामा भएको परिक्षणमा १ हजार ३ सय १३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मुलुकभरका प्रयोगशालामा १२ हजार २ सय ६२ नमुना परीक्षण भएको थियो । जसमा ४ सय ५३ महिला र ८ सय ६० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो संगै मुलुकभरमा कोरोना संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ भने कोरोनाका कारण मर्नेको संख्या ४ सय ५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।