कमल बंम / डोटीको बोगटान फुड्सिल गाउँपालिका चवराचौताराका एकल महिला, जेष्ठ नागरिक, अपांग, गर्भवती महिला र टुहुरा बालबालिका गरि २५ जनालाई स्वास्थ्यका अत्यावश्यक सामाग्री सहयोग गरिएको छ ।
युएमएन को आर्थिक सहयोगमा समान पहुँच बिकास केन्द्र (सिड नेपाल) द्धारा उक्त गाँउपालिकामा संचालित एक कार्यक्रम अन्तरगत २५ जनालाई मास्क, सेनिटाईजर, हेन्सवास लिक्वीट लगायतको सामाग्री वितरण गरिएको कार्यक्रमका संयोजक नरेन्द्र रोकायाले बताए ।
गाँउपालिका अध्यक्ष कमल गड्सिला, उपाध्यक्ष भगवती बंम लगायतका जनप्रतिनिधिहरुको रोहबरमा सामाग्री सहयोग गरेको उक्त संस्थाले जनाएको छ ।
यस भन्दा पहिले पनि सोहि संस्थाले गाँउपालिकालाई ठुलो मात्रामा स्वास्थ्य सुरक्षाको सामाग्रीहरु सहयोग गरेको थियो भने जिल्लामा परियोजना संचालन भएका स्थानहरुमा पनि स्वास्थ्य सामाग्रीका साथै राहतहरु वितरण गर्दै आएको संस्थाका अध्यक्ष शेर वहादुर मल्लले बताए ।