डोटी / जिल्ला अस्पताल डोटीमा शुक्रबार गरिएको पिसिआर परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
शुक्रबारको परिक्षणमा डोटी जिल्लाका २ जना र अछाममा २४ गरि कुल २६ जनामा कोरोन भाईरसको संक्रमण देसखएको अस्पतालका मोलेकुरल ल्यावका ईन्चार्ज शौरभ श्रेष्ठले बताए ।
डोटी जिल्लामा संक्रममित हुनेमा आदर्श गाउँपालिकाका २ जना पुरुष रहेका छन् भने अछाम जिल्ला बान्निगढीका १५ पुरुष र ५ महिला र चौरपाटी गाँउपालिकाका ३ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।
उक्त कार्यालयले विज्ञप्ती जारी गर्दै पछिल्लो २४ घण्टामा १ सय ४८ जनाको पिसिआर परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखीएको उल्लेख छ ।