रोजेन्द्र जोशी / विश्व कोरोनाको महामारीले आतंकित भएको छ । विश्वको शक्तीशाली भनीएको अमेरिकामा लाखौ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाम्रो नजिकै छिमेकी मुलुकमा पनि कोरोना भाईरसका कारण मर्नेहरुको संख्या लाखौमा छ ।
चिनको बुहानबाट सुरु भएको कोरोना भाईसर विशेष साबधानी नअपनाएका कारण नै विश्वभरी फैलिएको हो भन्ने कुरामा विद्धानहरुको एक मत छ । चिनको एउटा शहरमा कोरोना संक्रमण फैलिएको र त्यसले महामारीको रुपमा लिन सक्छ भन्ने आकलन गर्दै विशेष सावधानी अपनाएको भए सायत कोरोना भाईसर विश्व भ्रमणका लागी निश्कने क्षेमता राख्दैन थियो होला । विश्व समुदायले सावधानी अपनाउन सकेन फलस्वरुप कोरोना विश्व भ्रमणमा निस्कीयो र करोडौ मानिसहरुलाई संक्रमित र लाखौ मानिसको ज्यान लिन सफल भयो ।
अहिले पनि कोरोना भईरसको बारेमा वैज्ञानिकहरु अध्ययनकै क्रममा रहेको जगजाहेर नै रहेको छ । कोरोनाबाट जोगीनका लागी केहि सावधानी अपनाउनु पर्छ भन्नेमा जनता देखी सरकार सम्म सहमत छ सबैको एक मत रहेको छ । विश्व जगतले मान्ने विश्व स्वास्थ्य संगठनले भन्दै आएका आधारहरुमा टेक्दै आम विश्व समुदाय कोरोना माथी विजय हासिल गर्न लागी परेको छ । साँच्चै भन्ने हो भने मानिस मानिस विचको युद्ध नभए पनि भाइसर र मानिस विचको तेस्रो विश्व चलि रहेको छ भन्दा अन्यथा नहोला ।
मेरो विचारमा पाठकहरुले कोरोनाका बारेमा मेरो भन्दा बढी जानकारी राख्नु हुन्छ । कोरोनाका बारेमा मैले आफ्ना धारण अघी ल्याउनु त्यति उपयुक्त नहोला । मैले पाठकहरुका विच कोरोनाका बारेमा चर्चा गर्नु भनेको ईन्द्रका अगाडी स्वर्गको बयान गर्नु जस्तै हो भन्ने मेरो ठम्याई हो । अब विषय प्रबेश गरौ ।
भौतिक दूरी कामय गर्दा, अनाबश्यक भिडभाड नगर्दा, सेनिटाईजर प्रयोग गर्दा, मास्कको सहि रुपमा प्रयोग गर्दा कोरोना भाईरसको संक्रमण बाट केहि हद सम्म जोगिन सकिन्छ यसमा आम पाठकको पनि सहमति नै होला । विश्व समुदायलाई हल्लाउन सफल भएको कोरोना भाईरस नेपालमा पनि बढ्दो क्रममा रहेको छ त्यो जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी होला । त्यहि भएर नै विगत ७ महिला यता नेपाली जनाजिवन पनि अस्तवेस्त बनेको छ त्यो नेपाल सरकारलाई थाहा होला । त्यहि भएका कारण नै सरकारले निषेधआदेश, लगडाउन, सवारी बन्द, व्यवसाय बन्द, तालिम गोष्टी सेमिनार बन्द जस्ता निर्णयहरु गरी लागु समेत गरेको होला । नेपाल सरकार र गृहमन्त्रालयको आदेशले नै देश भरका ७७ स्थानिय प्रशासनले आबश्यकता अनुसार नागरिक जिवन रक्षाका लागी उपयुक्त निर्णयहरु पनि गरेकै होला । यति सम्म भनि रहदा लेख्ने मान्छेले के लेख्दै छ भन्नेमा अलमल नपार्नका लागी सिधा कुराको उठ्ठान गर्छु ।
सुदुरपश्चिम प्रदेशमा रहेका दुई तराईका जिल्ला र ७ पहाडी जिल्लाहरु मध्ये कुनै समय डोटी जिल्लामा कोरोना संक्रमितको संख्या अत्यधिक थियो । आज असोज ८ गते विहिबारका दिन सम्म ७ हजार ३० पुगेको छ । यस मध्ये डोटी जिल्लाका विषयमा मात्र कुरा गर्ने हो भने विहिबारमात्र डोटीमा थप ४ जनामा कोरोना संक्रमण देखिए संगै संक्रमितहरुको संख्या १ हजार ६८ पुगेको छ । अर्थात डोटी अहिले पनि कोरोना भाईसरका लागी अति संम्वेदनशिल जिल्लाको रुपमा रहेको छ । जिल्लामा दैनिक जस्तो नयाँ कोरोना संक्रमितको संख्या बृद्धि भई रहेको छ । भारत वा तेस्रो मुलुकबाट आएका मानिसहरुमा मात्र होईन कुनै स्थानमा नगएका डोटी जिल्लामा त्यो पनि आफ्नै घरमा बसेका मानिसहरुमा पनि कोरोनाको संक्रमण पुष्टी भएको छ । यसको अर्थ सामुदायिक संक्रमण फैलिई सकेको नभनेपनि समुदायमा संक्रमण देखिन थालि सकेको छ ।
यस्तो अबस्थामा जिल्ला गुज्रि रहेको समयमा स्थानिय प्रशासनले जारी गरेको सुचनाका आधारमा साबधानी अपनाउन, न्युनतम स्वास्थ्यका मापडण्डहरु अपनाउका लागी आग्रह गरिएको छ । नेपालका ठुला भनिएका दुई ओटा राजनैतिक पार्टीहरु यतिबेला जिल्ला दौडाहमा निस्केका छन् । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षमा रहेको नेपाली काग्रेशका नेता तथा कार्यकर्ताहरुले जिल्ला व्यापी रुपमा केहि न केहि गतिविधिहरु गर्दै आएका छन् ।
स्थानिय प्रशासनले २५ जना भन्दा बढी भेला नहुनु भनि उर्दि जारी गरेको छ तर यि दुबै दलका नेता कार्यकर्ताहरु आम सभा र पार्टी सदस्यता वितरणमा व्यस्त देखिन थालेका छन् । केहि दिन अघि संचार माध्यममा जिल्लाको शिखर नगरपालिकामा नगरपालिकाको भवन निर्माणमा गुणस्तरिय सामाग्री प्रयोग नगरेको मापडण्ड अनुसार निर्माण कार्य नभई रहेको भन्दै स्थानियले विरोध गरे । नेपाली काग्रेशका उम्मेवार विजय भई मेयर भएको उक्त नगरपालिकामा नेकपाका नेता कार्यकर्ताले स्थानियको विरोधमा सहयोग पुराए अर्थात् निर्माणमा भई रहेको अनियमितताका बारेमा विरोध गरे । विरोध सामान्य रहेन नेकपाका नेता कार्यकर्ताहरुले उक्त नगरपालिकाको प्रमुख व्यापारी केन्द्रसमेत रहेको लुवाखडीमा आम सभा समेत गरे ।
त्यसको काउन्टरमा नेपाली काग्रेसका नेता कार्यकर्ताहहरुले पुन अर्को आमसभाको आयोजना गरे र नेकपाका नेता कार्यकर्ताहरुको विरोध गरे । २५ जना मानिस भन्दा बढी मानिस जम्मा नगर्नु स्थानिय प्रशासनको मात्र होईन नेपाल सरकारको समेत आग्रह हो । नेपाल सरकारले गरेको आग्रहलाई प्रदेश सरकार स्थानिय सरकारले आत्मसात गर्नु र लागु गर्नु पर्ने हो तर शिखरको सवालमा त्यस्तो देखिएन । जनप्रतिनिधिहरुले नै कार्यक्रमलाई सम्बोधान गर्न पुगे । स्थानिय सरकारका प्रमुख रहेका नगरप्रमुख आफै सयौको संख्यामा रहेको भिडलाई सम्बोधन गर्न पुगे । त्यस्तै नेता कार्यकर्ताहरु नै जिल्लादौडमा लागी रहेको अबस्था डोटीमा रहेको छ ।
संघिय सरकार देखी स्थानिय सरकार सम्म निर्माण गर्ने क्रममा राजनैतिक दलको नै हुने गर्दछ । राजनैतिक दलहरुले नै निर्वाचन प्रक्रियामा भाग लिने गर्दछन् जसको फलस्वरुप सरकार बन्छ । सरकारले कानून बनाउन्छ र त्यो कानून सरकारदेखी जनता सम्म सबैमा लागु हुन्छ । सरकारले गरेका निर्णय सबैका लागी मान्य हुन्छ र त्यो कानून पनि हुन्छ । आफै कानून निर्माण गर्ने, आफै कानून लागु हुनु पर्छ भन्दै उफ्रने, आफै कानून उलंघन भयो भन्ने, अनि आफै कानूनको धज्जी उडाउदै हिड्ने यो कहाँ सम्मको नैतिकता हो ? यो पाठक आफैले निर्णय गर्नु होला । साना बच्चाले गल्ती गर्छ ठुलाले सम्झाउनु पर्छ । सम्झन सकेन भने सिकाउनु पर्छ । साना दलले गल्ती गर्नु एक पाटो होला तर ठुला भन्नेहरुले कानून नै निर्माण गर्नेहरुले गल्ती गर्नु र कानूनलाई मजाक बनाउनु कति उपयुक्त हो ? निर्णय गर्ने जिम्मा पाठक तपाई कै ।
अब कुरा गरौ कोरोनाको । कोरोना संक्रमण हुन सक्ने अबस्था भौतिक दुरी कायम नहुनु १, मास्कको सहि प्रयोग नगर्नु २, सेनिटाईजरको प्रयोग नगर्नु वा सावुनपानीले हात पटक पटक नधुनु ३, घरबाट अनाबश्यक रुपमा बाहिर निस्कनु र भिडभाडमा जानु ४ यि नै कुरालाई मुख्य मानिएको छ । अब हाम्रा दलहरुले गर्ने कार्यक्रममा भिडभाड हुदैन होला ? मास्कको प्रयोग भयो होला ? पटकपटक हात धोए होलान् कि सेनिटाईजर प्रयोग गरे होलान् ? के अहिले नै भिडभाड सहितको आम सभा नै गर्नु पर्ने थियो होला ? यि र यस्तै प्रश्नहरुले गर्दा नै भन्न मन लागी रहेको छ “यो कोरोना जनतालाई मात्र लाग्छ की नेता र कार्यकर्तालाई पनि ?”
तपाईहरुले आयोजना गर्ने कार्यक्रमहरुमा यदि कुनै मानिस संक्रमित परेछन् र उनीबाट अन्यमा संक्रमण फैलियो भने त्यसको जिम्मा कसले लिन्छ । तपाईहरुकै कार्यक्रमका कारण सामुदायमा संक्रमण उच्चदरमा बृद्धि भयो भने त्यसको जिम्मा कसले लिन्छ ? तपाई नेता कार्यकर्तालाई नै संक्रमण भयो भने हाम्रो स्थानिय तह, प्रदेश तह र संघिय सरकारलाई कसले चलाई दिन्छ ? तपाईहरु नै समस्या परे पछि पार्टी कसले चलाई दिन्छ ? तपाईहरुका कारण समुदाय संगै आफ्नै परिबार संक्रमित भयो भने उपचार कसले गराई दिन्छ ?
अब कि त संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकारले कोरोनाका नाममा, आरडिटि, पिसिआर, क्वारेन्टाईन, आईसोलेसन, उद्धार, राहत आदिका नाममा कुम्लाउने काम गर्नु हुदैन । कि त तपाई मान्यवरहरुले गरेको कानूनको तपाईहरुले नै सहि रुपमा आफैमा लागु गर्नु पर्छ । एकातिर कोरोना संक्रमण फैलन्छ भन्दै आम नागरिकका रोजीरोटी बन्द गर्ने अर्का तिर आफैले आम नागरिकलाई आफ्नो पार्टीको कार्यक्रममा आउ भन्दै बोलाउने यो कुनै पनि कोण बाट मिल्दैन मान्यवर अलि मिलाउनु पर्यो । कोरोना फाप्नेहरुले बैकव्यालेन्स थपिदै जाओस्, नफाप्नेहरुलाई भोकमरी लागोस् । जनता जागरुक छन् बुज्छन् चुनाव आउन धेरै समय छैन । ख्याल गरौ तपाई बाच्नु होस् जनता मरे मरुन् । नेपालीको जय होस् नेपालीको जय होस् ।