कमल बंम / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बोगटान फुड्सिल गाउँपालिकाको गाउँसंगठन कमिटीको पुर्ण बैठक विहिबार सम्पन्न भएको छ ।
सो गाँउपालिकाको पर्यटकिय क्षेत्रको रुपमा रहेको मालिका मन्दिर क्षेत्रमा गाँउसंगठन कमिटीको बैठक सम्पन्न भएको नेकपा डोटीले जनाएको छ ।
पालिकास्तरिय कमिटीका अध्यक्ष देबबहादुर बोहराको अध्यक्षतामा सम्पन्न बैठकले पार्टी संगठन विस्तारको कार्यलाई तिव्रता दिने, युवाहरुलाई पार्टीमा गोलबद्ध गर्ने, विदेशबाट रोजगारी गुमाई आएका व्यक्तिहरुकालागी स्थानिय सरकारलाई निति तथा कार्यक्रम तयार पारी लागु गर्न पहल गर्ने, कृषि क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न गाँउपालिका प्रदेश सरकार लाई आग्रह गर्ने, वडास्तरमा रहेका कमिटीहरुको बैठकलाई नियमितता दिदै विकृति विसंगतीहरुका विरुद्ध आबाज बुलन्द गर्ने निर्णयहरु गरेको अध्यक्ष बोहराले बताए ।
सो पार्टीका जिल्ला अध्यक्ष चक्र मल्ल प्रमुख अतिथ्यतामा सम्पन्न उक्त बैठकमा पार्टी सचिब जंग बिक (शैलेन्द्र), प्रदेश कमिटी सदस्यहरू नारद मलासी लगायतका नेताहरुको सहभागीता रहेको उक्त कमिटीले जनाएको छ ।
केहि समय सुस्त देखीएको नेकपा डोटी अहिले द्रुत गतिमा अगाडी बढी रहेको छ भने विभिन्न कारणहरुले बैठक नै बस्न नसकेको अबस्था जिल्लाभर नै धमाधम बैठकहरु संचालन गर्दै पार्टी संगठन विस्तारको काममा लागी रहेको छ ।











