धनगढी / सुदुरपश्चिमको अस्थायी राजाधानी समेत रहेको धनगढीबाट संचालित दिनेश संचारमा कार्यरत एक पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
संचारगृहमा कार्यरत ३७ बर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको दिनेश संचारगृह श्रोतले जानकारी दिएको छ ।
ति कर्मचारीको भतिजालाई ५ दिन अघि कोरोना भाईरसको संक्रमण देखिए पछि उनले पनि पिसिआर परिक्षण गरेका थिए । विहिबार प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा ति कर्मचारीमा संक्रमण पुष्टी भएको हो । उनी होम क्यारेन्टाईन बस्दै आएका थिए ।