
अछाम / आपराधिक गतिविधिमा संलग्न रहि भागेका र अदातलले समेत अपराधि भनी प्रमाणीत गरेका फरार अपराधीहरुलाई नेपाल प्रहरीले धमाधम पक्राउ गरि रहेको छ ।
सोहि क्रममा अछाम प्रहरीले बुधबार बहुविवाहको मद्धामा फरार रहेका एक पुरुषलाई पक्राउ गरेको हो । जिल्लाको मेल्लेख गाउँपालिका–१ का ३० वर्षीय नृपबहादुर धामी ४ वर्षपछि अछाम प्रहरीले पक्राउ गरेको छ ।
२०७३ मंसीर १ गते जिल्ला अदालतले एक वर्ष कैद र ५० हजार जरिवाना सुनाएको बहुविवाहमा दोषी देखिएका धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए ।
धामीलाई साँफेबगर नगरपालिका–४ छिपेखोलाबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी निरीक्षक अवस्थीले बताए ।