युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

आशिष बहादुर सिंह, बझाङ  / बझाङ जिल्लामा मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ, संस्था तथा व्यक्तिहरुको सहभागितामा जिल्लास्तरीय मानअधिकार रक्षक संजाल गठन गरिएको छ ।

बिहीबार अधिकारकर्मीहरुको एक भेलाले दलित अधिकारकर्मी भीम रसाइलीको संयोजकत्वमा ११ सदस्य समिति गठन भएको हो । समितिमा अन्य सदस्यहरु गिता शाही, सिता सिंह, टेकेन्द्र बोहोरा, आशिष सिंह, अधिवक्ता शिवराज जोशी रहेका छन् ।

समितिमा पत्रकारहरु रिदम सिंह, अन्जु खड्का, सत्यराज सिंह, प्रताप आलीसहित इन्सेक प्रनिनिधी रमेश केसी रहेको संजालले जनाएको छ ।

त्यस्तै भेलाले सल्लाहकार समितिमा समेत गठन गरेको छ । सल्लाहकारमा पत्रकार बसन्त प्रताप सिंह, जगदीस रोकाया, नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंह, बार एसोसियशन बझाङका अध्यक्ष महोन दौल्याल र दलित अगुवा श्याम सुनार रहेको अध्यक्ष रसाईलीले बताए ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय दलित नेटवर्कका श्याम सुनारले बझाङ जिल्लामा मात्रै नभएर १२ ओटै स्थानीयतहमा मानअधिकार रक्षक संजाल गठन गर्नु पर्ने र मानव अधिकारका क्षेत्रमा सबैले आफ्नो ठाउँबाट लाग्नु पर्ने बताए ।

पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष जगदीस रोकायाले मानव अधिकार हनन् भइरहँदा पनि व्यक्तिहरुले मानव अधिकारका लागी त्यति आवाजहरु नउठाउने गरेको र आगामी दिनमा आआफ्नो क्षेत्रबाट पैरवी गर्नुपर्ने बताए ।

त्यस्तै पत्रकार सन्त प्रताप सिंहले मानव अधिकारलाई मौलिक अधिकारको रुपमा संविधानमा रहेको सबै मानिसहरुको गाँस, बाँस र कपासबाट बन्चित भएका मानिसको आवास समेत उठाउनु पर्ने बताए ।

संजालले भावि दिनमा जिल्लाको मानव अधिकारको अवस्था बुझी अन्य स्थानिय तहहरुमा संजाल विस्तार गर्ने र आफुले मानव अधिकार उलंघनका घटनाहरुमा तदारुकताका साथ काम गर्ने योजनाम रहेको संजालका संयोजक रसाइलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय