
कैलाली / केहि दिन अघि धनगढीका एक व्यापारीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । उनै व्यापारीको सम्पर्कमा आएका एकै परिवारका १० जनामा कोरोना पुष्टि भएको छ ।
बुधवार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ११ कै संक्रमित व्यापारी (रिटेलिङ व्यवसाय) गर्ने व्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा एकै परिवारका १० जनामा संक्रमण पुष्टि भएको हो ।