
शुशिला पन्त / डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज विहिबार डोटीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुल १ सय २८ जनाको पिसिआर परिक्षण गरेकोमा शिखर नगरपालिकाका ११ का २ जना र दिपायल सिलगढी नगरपालिका ७ का २ जना गरि जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको डोटी प्रयोगशालाले जनाएको छ ।
शिखर नगरपालिकाका ४० र ५४ वर्षका दुई पुरुष र दिपालय सिलगढी नगरपालिकाका १३ बर्षिया बालक र थप एक जना ४५ वर्षिया पुरुष सहित २ जनामा संक्रमण देखिएको हो । यो संगै डोटीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ६८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ सय २७ पुगेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।