युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डडेल्धुरा / कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका डडेल्धुराका पुरुषको शव व्यवस्थापन गरिएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–२ का ४८ वर्षीय मृतक पुरुषको शव अमरगढी नगरपालिका–११ स्थित रडुवाखोलामा नेपाली सेनाले व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाका अनुसार रणबम गणबाट खटिएको नेपाली सेनाको टोलीले मृतक पुरुषको शव आज बिहिबार दिउँसो व्यवस्थापन गरेको हो । भारतबाट दुई दिनअघि मात्रै आएका मृतकलाई भारतमै कोरोना संक्रमण पुष्टि भएको थियो । पुनः उनको डडेल्धुरा अस्पतालमा पिसिआर परिक्षण गर्दा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई डडेल्धुरा अस्पतालमा पुराईएको थियो । अस्पताल पुगेको केहि समयमा नै उनको मृत्यु भएका डडेल्धुरा अस्पतालले जनाएको छ ।

संक्रमितको मृत्यु भए पश्चात मृतक पुरुषको गाउँलाई सिल गरिएको डडेल्धुरा स्थानिय प्रशासनले जनाएको छ । नवदुर्गा गाँउपालिका वडा नम्बर २ को कार्यायले सूचना जारी गर्दै आवतजावत नहुनेगरी वडा सिल गरिएको वडा अध्यक्ष रघुनाथ भट्टले बताए ।

पूर्वमा बेडपानी खोला, पश्चिमको बुङडा गाड, उत्तरमा अशिग्राम देवस्थल र दक्षिणमा रडुवा खोला लामाखेत गाडसम्म सिल गरिए जारी सूचनामा उल्लेख छ ।

त्यस्तै उनको सम्पर्कमा आएकाहरुको व्यक्तिहरुको खोजी गर्ने कार्य सुरु भएको छ । मृतको सम्पर्कमा आएका सबैलाई कम्तीमा ५ दिन क्वारेन्टाईनमा राखी उनीहरुको समेत पिसिआर परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी वास्तोलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय