काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।
त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरेको मा उक्त संख्यामा कोरोनाको संक्रमण पुष्टी भएको बताएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभरबाट ४ सय ५७ संक्रमितहरु डिस्चार्ज भएको जनाएको छ ।