आशिष बहादुर सिंह / बझाङकाे मस्टा गाँउपालिका वडा नँ २ कि एक १२ बर्षियालाई बलात्कार गरि हत्या गरिएकाे छ ।
मृत अबस्थामा फेला परेकी बालिकाकाे अबस्थालाई हेर्दा बलात्कार पछि हत्या गरिएकाे प्ररम्भिक अनुसान्धानमा देखिएकाे जिल्ला प्रहरी कार्यालय प्रहरी नायक उपरीक्षक रुपक खड्काले बताए ।
बुधबार विहान बाख्रा चराउन गएकी बालिका साँझ सम्म घर नफर्केपछि उनकाे खाेजि कार्य गरिएकाे बालिका आफन्तले बताएका छन् । खाेज्ने क्रममा राति ८ वजेतिर उनी मृत अवस्थामा फेला भेटिएकी हुन् ।
बालिकाकाे टाउकाेमा चोट लागेको र शरिल भरि रगत बगेको अबस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ । उनकाे शव बुधवार राति गाँउकाे एक मन्दिर नजिक फेला परेकाे हाे । घटना बारे थप अनुसन्धान भईरहेकाे बझाङ प्रहरीले जनाएकाे छ।