
तेजु ओली, डोटी / यति बेला नेपाली बजारमा प्याजको अभाव महसुस गराउदै महंगो मुल्यमा उपभोक्ता लाइ प्याज किन्न बाध्य बनाएको छ ।
बिचौलियाले । भारतले नेपाल आउने प्याजलाई रोकिदिएपछि यस्तो अवस्था सृजना भएको हो । नेपाली बजारमा व्यापारीले भने जति अभावै त रहेको छैन तर अभाव देखाएर बढी नाफा पाउने आशमा उपभोक्तालाई दिनध्यारै ठगिरहेका छन । बिचौलीया, ब्यापारी ।
डोटीको सिलगढी कै कुरा गर्ने हो भने ४० ५० रुपैयामा पाइने प्याजको मुल्य २०० पुगेको छ । सामान्य मुल्य भन्दा ३ गुणा बढी मुल्य हालेर प्याज खानु भन्दा मासू खान बरु फाइदा छ । त्यसैले यति धेरै मुल्य मा प्याज खानु भन्दा प्याज नै नकिनौ ता की ब्यापरीले जम्मा गरि राखेको प्याज कुहिएर जावस् । तिन गुणा फाइदा लुट्न खोज्नेलाई ६ गुणा घाटा होस् ।
हामीले एक महिना मात्रै प्याज नकिन्ने हो भने त्यो प्याज को भाउमा गिरावट आइ न्युन मूल्य मा बिक्री गर्ने छन बिचौलिया । त्यसैले स्वदेश मै उत्पादन गरेको प्याजको प्रयोग पनि वढदै जान्छ । यतिवेला न त उत्पादन गर्ने कृषकले मुल्य पाएको अबस्था छ नत उपभोक्ता ले । त्यसैले ति बिचौलिया ब्यापारीको प्याजमा कुहिएर किरा परेको हेर्नलाई हामी प्याज नखाउ ।
समय समयमा बजार अनुगमन गर्ने उद्देश्यले बिभिन्न अनुगमन समिती छन् । तर कुन दुलोमा कानमा तरल हालेर बसेका छन् । दशै दिपावलीमा अनुगमनका लागी अनुगमन गरे जस्तो देखाएर अनुगमन गर्नेलाई यो थाहा छैन कि बजारमा मुल्य बृद्धि भएको छ भने कुरा । बजारमा कृत्रिम अभाव सिर्जना भएको । मुल्य अभिबृद्धि गरेको समय गुज्रिएको बस्तु बिक्री गरेको लगायतका कुरा हेर्नु पर्ने हो जस्तो लाग्छ तर सरकारी निकायले यता तर्फ ध्यानै नदिई सुतेको जस्तै लाग्छ ।
अन्तिममा हामी उपभोक्ता पनि सचेत भएर यसरी कृत्रिम समस्यामा पार्ने ब्यापारीलाई ठाँउका ठाँउ कठेला समात्ने कि ? बजार अनुगमन गर्ने देखि व्यापारीले थरीथरी काम्ने होस् । अनुगमन गर्ने निकाय ले जोरदारका साथ लाग्यो भने ब्यापारी ले यस्सरी त ठग्न पाउथ्यनन् होला ?