धनगढी / कामदारका रुपमा भारतीय नागरिकलाई नेपालमा प्रबेश गर्न दिनु पर्ने माग सहित सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाईएको छ ।
उद्योग वणिज्य संघ कैलालीले तीन बुँदे माग राख्दै मुख्यमन्त्री भट्टलाई बुधबार साँझ ज्ञापनपत्र बुझाएको हो ।
सुदूरपश्चिममा काम गर्दै आएका भारतीय दक्ष जनशक्ति लकडाउन पछि भारत गएका र सीमाबाट उनीहरुलाई प्रवेश अनुमति नदिएकाले व्यवसाय सञ्चालनमा समस्या भएको छ उद्योगवाणिज्य संघको ठम्मायी रहेको छ ।
भारतीय नागरिकको पिसिआर परिक्षण, आइसोलेसन व्यवस्थापन लगायतको काम व्यापारीहरु आफैले गर्ने गरि भए पनि उनीहरुलाई सीमा प्रवेशको अनुमति दिन संघले मुख्यमन्त्रीलाई आग्रह गरेको छ ।