
काठमाण्डौ / नेपालमा सक्रिय कोरोना संक्रमितको २५ हजार नाघे पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगडाउन गर्नका लागी सिफारिस गरेको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
मन्त्रालयका तथ्यांक अनुसार बुधबार सम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ छ ।
२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयको निश्कर्ष छ । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको हो ।