
सीता महता / डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डाेटीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन यता डाेटीमा नयाँ संक्रमित नदेखिएकाे भए पनि बुधवार एकै दिनमा १७ जना संक्रमण देखिएकाे हाे । याे संगै जिल्लाभरमामा काेराेना संक्रमित हुनेको संख्या १ हजार ६४ पुगेको छ ।
डोटीमा संक्रमण पुष्टि भएका १७ जना मध्ये दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का २१, ५० बर्षका दुई जना महिला र १७, ४८ बर्षका दुई जना पुरुष गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी आदर्श गाउँपालिकामा बुधबार थप १७ जनामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । साे गाउपालिकाकाे वडा नं. १ मा २ बर्षिया बालिका सहित चार जनामा संक्रमण देखिएकाे छ । उनिहरु सबै २, २२, २४, २८ वर्षका महिला हन् ।
त्यस्तै वडा नंं २ मा २९ बर्षका एक जना महिला, ४०, ६९ बर्षका दुई जना पुरुष गरी तीन जनामा काेराेना संक्रमण देखिएकाे छ ।
त्यस्तै वडा नं. ७ का १०, १५, २८, २९ बर्षका चार जना महिला र २ बर्षका बालक र २८ बर्षिया दुई जना पुरुष गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
डोटी जिल्लामा हालसम्म सक्रिय संक्रमितको संख्या एक सय पच्चिस रहेको छ । संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको र सबै जना पालिकाको आईसोलेसनमा रहेको समेत स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।