मालपाेतका कर्मचारीमा काेराना देखिए पछि कार्यालय बन्द
धनगढी / कैलाली मालपाेतमा कार्यरत एक कर्मचारीलाई काेराेना संक्रमण पुष्टी भए संगै उक्त कार्यालयले सम्पुर्ण सेवा बन्द गरेकाे छ ।
बुधबार कार्यालयका एक कर्मचारीमा संक्रमण देखिए संगै उक्त कार्यालयमा कार्यरत सबै कर्मचारीहरुकाे पिसिआर परिक्षण गर्नु पर्ने भएकाेले असाेज ९ गते सम्मका लागि प्रशासनिक काम बाहेक सम्पुर्ण सेवा बन्द गरेकाे मालपाेत कैलालीले जनाएकाे छ ।
उक्त कार्यालयका पुरुष कर्मचारीलाई संक्रमण देखिएकाे हाे । कैलालीकाे प्रादेशिक अस्पतालमा भएकाे परिक्षणमा उनमा काेराेना पुष्टि भएकाे थियाे ।