समिक्षा आचार्य / काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किदा अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।
भुमिगत तार पड्किय पछि गएराती देखी नै नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली काममा खटेको भए पनि अहिले सम्म मर्मत हुन सकेको छैन । कुन स्थान पड्किएको हो र कहाँ विग्रीयो भन्ने अनुमान गर्ननै गाह्रो भएको मर्मतमा खटेका विद्युत प्राधिकरणका कर्मचारीले बताएका छन् ।
‘रातभरि झरीमा ओत लाग्दै, जम्पर छुटाउँदै हेर्दै र्गयौं तर फल्ट पत्ता लगाउन सकेनौं । यो कुरा हामीले माथि रिपोर्टिङ गरेका छौं ।’ एक कर्मचारीले भने ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ । यस भन्दा पहिले बिजुलीको तार भूमिगत गरिएको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि पटक–पटक समस्या आउने गरेको छ ।